Skip to content
LAXMI SUNRISE BANK

सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० बिन्दुमा पुगेको छ ।

नेप्सेमा कुल ३ सय १९ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३५ करोड ३० लाख ७५ हजार १६ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबारको बजारमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK