काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ९ कम्पनीको एक करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६५ करोड ६६ लाख ७ हजार ८ सय ५६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, बाराही हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्