×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ६.५४ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंगलबार ६.५४ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

२९ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल २ सय ९९ कम्पनीको एक करोड ३९ लाख ६८ हजार २ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डिङ्गस्को भएको छ । यस कम्पनीको ३६ करोड ८१ लाख ८२ हजार ८ सय ९८ रुपैयाँ ४० पैसा बराबरको भएको छ ।

मंगलबारको बजारमा सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी