Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ६.५४ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल २ सय ९९ कम्पनीको एक करोड ३९ लाख ६८ हजार २ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डिङ्गस्को भएको छ । यस कम्पनीको ३६ करोड ८१ लाख ८२ हजार ८ सय ९८ रुपैयाँ ४० पैसा बराबरको भएको छ ।

मंगलबारको बजारमा सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK