काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार ७ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब २ करोड ६२ लाख ७३ हजार ९ सय ८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्