Skip to content
LAXMI SUNRISE BANK

आइतबार १९.५६ अंकले बढ्यो नेप्से, ९ अर्ब ४७ करोडमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ९ कम्पनीको दुई करोड ९ लाख ८४ हजार ४ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीक भएको छ । यस कम्पनीको ३३ करोड ५४ लाख ७५ हजार १ सय २९ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

आइतबारको बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आजको बजारमा विन नेपाल लघुवित्तसहित चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, न्यादी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK