Skip to content
LAXMI SUNRISE BANK

आइतबार ६९.८० अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३० कम्पनीको एक करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्बमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ४१ करोड ९७ लाख २ हजार ५२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK