काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष ओझाले अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा ओझालाई अर्थमन्त्री, अर्थसचिव, राजस्व सचिव लगायतले बधाई तथा शुभकामना दिएका छन् । ओझालाई सोमबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः