Skip to content
LAXMI SUNRISE BANK

‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन

अर्थ सरोकार

काठमाडौँ । आफ्नै बैंकमा कार्यरत पूर्व प्रशिक्षार्थी कर्मचारीमाथि जागिरको लोभ देखाएर ‘यौन दुर्व्यवहार’ गरेको जाहेरी परेर प्रहरीले एक दिनका लागि थुनेका एनआईसी एशिया बैंकका कम्पनी सचिव दिपेन कार्कीलाई बैंकले नै संरक्षण गरेको पाइएको छ । बैंक नेतृत्वले गलत गर्ने जो कोहि कर्मचारी भए पनि बैंकले कारवाही गर्ने रणनीति लिएको भए पनि कार्कीलाई भने यति संवेदनशील विषयमासमेत बैंकले उल्टै संरक्षण गरेको पाइएको हो । 

बैंकमा जागिर लगाइदिन्छु भन्दै दुर्व्यवहार गरेको आरोपमा कार्कीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर एक रात हिरासतमासमेत राखेको थियो । पछि उनले ती युवतीसँग माफी मागेर बैंकमा जागिरसमेत लगाईदिने भन्दै कागजसमेत गरेका थिए । बैंकका केहि सिनियर कर्मचारीहरु थानामै पुगेर ती पीडीत भनिएकी युवतीलाई जाहेरी फिर्ता गर्न प्रेसर दिएका थिए भने ३० दिनभित्र जागिर लगाईदिने प्रलोभनसमेत देखाएका थिए । बैंकका सिनियर कर्मचारीले प्रेसर दिने र कार्कीले समेत माफी माग्ने गरेपछि उनले जाहेरी फिर्ता गरेकी थिइन् । तर, कार्कीले कागज गरेजजस्तो पीडीत युवतीलाई न उनले जागिर लगाईदिए, न सो केस अगाडी नै बढ्यो ।     

‘यौन दुर्व्यवहार’ आरोपमा थुनामा परिसकेका र आफ्नो पद र अख्तियारीको चरम दुरुपयोग गरेर जाहेरी फिर्ता गराउन बैंकको नाममा गैरकानूनी कागज गरेको खुलासा हुँदा पनि बैंकलाई उनलाई कारवाही नगरेको पाइएको छ । 

यो घटना बाहिरिएपछि कार्कीलाई जागिरबाटै निकाल्न बैंकमाथि प्रेसर परेको थियो । तर उनले बैंक नेतृत्वसँग साइबाबाको कसम खाँदै रोएपछि उनको जागिर जोगाईदिएको बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारलाई बताए । ‘जाहेरी परेको पनि हो, उनी थुनिएको पनि हो । बैंककै साथीहरु गएर जाहेरी फिर्ता गराउन लगाएको पनि हो, बैंकमा जागिर मिलाईदिने भन्दै ३० दिनको कागज गराईदिएको पनि हो । सबै कुरा हुँदा पनि बैंकले किन कार्कीलाई हटाएन, हामी पनि छक्क परेका छौँ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने ।

बैंकले साधारण सभा बोलाएको सूचनामा कम्पनी सचिवका हैसियतमा उनकै पत्र छ । तर कम्पनी सचिवजस्तो जिम्मेवार पदमा यौन दुर्व्यवहारको आरोपमा परेको व्यक्ति बस्न मिल्छ कि मिल्दैन भन्ने बहस सुरु हुँदा र बैंकका केहि अन्य कर्मचारी महिलाहरुले पनि आफुहरु बैंकमा असुरक्षित रहेको भन्दै गुनासो गर्दा पनि बैंकले कार्कीलाई हटाएको छैन । यस विषयमा हामीले कार्कीसँग पटक पटक जवाफ माग्दा पनि उनी सम्पर्कमा आएका छैनन् । उल्टै अन्य व्यक्तिमार्फत उनले यो बैंकको विषय भएकाले यसमा बैंक बोल्ने भनिरहेका छन् ।

बैंकमा कम्पनी सचिवका हैसियतले उनले नै साधारणसभा संचालन गर्नुपर्छ । सो सभामा उनको चर्को विरोध गर्ने तयारी केहि महिला सेयरधनीहरुले गरिरहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK