काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा सरसफाइ र रङरोगन काम सुरु भएको छ । आउँदै गरेको महाशिवरात्रिका लागि पशुपति क्षेत्रका शिवालय, देवालय, मठ मन्दिरहरूको सरसफाइ र रङरोगनको काम सुरु भएको हो ।
यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरेर त्यसै अनुरूपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: