Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको सिइओ बन्न १० जनाले दिए आवेदन, को-को छन् ? 

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि १० जनाले आवेदन दिएका छन् । आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाले आवेदन दिएका हुन् । 

नेप्सेको सिइओका लागि नेप्सेकै सिइओ कृष्णबहादुर कार्की र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका पूर्व सिइओ पूर्णप्रसाद आचार्यले पनि आवेदन दिएका छन् । 

त्यस्तै, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी र चुडामणि चापागाईं, बिमल कुमार तिवारी र हेमन्त बस्यालले पनि नेप्सेको सिइओ पदका लागि आवेदन दिएका छन् । 

आवेदन दिनेहरुबाट अब नेप्सेको सिइओ सिफारिस समितिले पाँच जनाको नाम सर्टलिस्ट गर्नेछ र उनीहरुलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइनेछ । अन्तर्वार्तामा उत्कृष्ट ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ र तीनमध्येबाट सरकारले एक जनालाई नेप्सेको सिइओ नियुक्त गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK