×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ सदस्यीय समिति गठन  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ सदस्यीय समिति गठन  

Artha Sarokar

१ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि तीन सदस्यीय समिति गठन भएको छ । फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । 

अर्थमन्त्री संयोजक रहेको उक्त समितिमा डा. विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् । राष्ट्र बैंकका हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिँदैछ । गभर्नरको कार्यकाल सकिन थालेपछी सरकारले नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो । 

उक्त समितिले गभर्नरका लागि आवेदन दिनेहरुबाट एकजना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेकामध्येबाट सरकारले एकजनालाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नेछ । 

यसो त सरकारले सिफारिस समिति गठन गर्नुपूर्व नै गभर्नरका लागि लबिङ सुरु भइसकेको थियो । यद्यपि प्रमुख निर्वाचन आयुक्त एमालेले लिएर यसपटक गभर्नर काँग्रेसको भागमा पर्ने देखिएको राजनीतिक वृत्तमा चर्चा छ । राष्ट्र बैंकको गभर्नरका लागि राष्ट्र बैंककै डेपुटी गभर्नर निलम ढुङ्गाना, बमबहादुर मिश्र, लगानी बोर्डका पूर्व सिइओ सुशील भट्ट, पूर्व अर्थसचिव रामेश्वर खनाल तथा पूर्व बैंकर र केही बैंकका सिइओ पनि दौडमा छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी