×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होलीले भरिरहेको व्यापारीको झोली (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

होलीले भरिरहेको व्यापारीको झोली (तस्विरहरु)

Artha Sarokar

२९ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रङ्गहरुको पर्व होली सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । आज उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइँदैछ भने तराईमा शुक्रबार मनाइने गरिएको छ । होली सुरु भएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भिड लागेको छ ।

असन र इन्द्रचोकका गल्लीहरूमा होलीका रङ्ग, टिसर्ट, कुर्ता, वाटर गन, र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन् । व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही रङ्ग छान्दै छन्, कोही मोलमोलाइ गर्दै छन् ।

सडकभर चहलपहल छ, होलीको माहोल झल्किएको छ । होली खेल्दा लगाइने लुगा बच्चाको जोडीको ३०० र ठूलोको जोडीको ४०० मा बिक्री भइरहेको छ भने त्यस्तै पानी हालेर खेल्ने पिचकारी ५० रुपैयाँदेखि १५०० सम्म बिक्री भइरहेको रङको प्याकेटको २० रुपैयाँदेखि २०० रुपैयाँ पर्ने व्यापारीहरु बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी