×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको सिइओका लागि आवेदन दिने समय थपियो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेको सिइओका लागि आवेदन दिने समय थपियो 

Artha Sarokar

१८ फाल्गुन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन दिने समय थप गरिएको छ । सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिने समय ७ दिन थप गरेको हो । 

यसअघि आवेदन दिने समय फागुन ११ गतेसम्म तोकेको भए पनि तीन दिन सार्वजनिक बिदा परेकोले आवेदन दिने समय ७ दिन थप गरिएको सिफारिस समितिले जनाएको छ । योसँगै अब नेप्सेको सिइओ पदका लागि फागुन २५ गतेसम्म आवेदन दिन सकिने सिफारिस समितिले जनाएको छ । 

नेप्सेको सिइओ पदका लागि आवेदन दिन चाहनेले उम्मेदवारले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको र पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

उम्मेदवारी दिँदा अनवेदनसहित दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ । आवेदन दस्तुर ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । सो रकम राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा बुझाएको भौचर पनि आवेदनसँगै पेस गर्नुपर्नेछ ।

नेप्सेका तत्कालीन सिइओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते सकिएसँगै नेप्से सिइओविहीन छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी