काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले एक वर्षमा सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत छुट्याइएको रकममध्ये ६० प्रतिशत रकम खर्च गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका लागि मार्गनिर्देशन जारी गर्दे यस्तो व्यवस्था गरेको हो ।
योसँगै अब बैंकहरुले एक आर्थिक वर्षमा प्रत्येक प्रदेशमा न्युनतम १० प्रतिशतका दरले सिएसआरको पैसा खर्च गर्नुपर्नेछ ।
तर, एक आर्थिक वर्षमा सिएसआरको कुनै एक कार्यक्रममा ५ प्रतिशतभन्दा धेरै खर्च गर्न नपाउने राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनमा व्यवस्था गरिएको छ ।