काठमाडौँ । अबदेखि एटिएम बुथमा बैंकका एकजना कर्मचारीको नाम र नम्बर अनिवार्य रुपमा राख्नुपर्ने भएको छ ।
एटिमएमबाट पैसा निकाल्दा कुनै समस्या आएमा तुरुन्त समाधान गर्न प्रत्येक एटिएम बुथमा बैंकका कर्मचारी र मोबाइल नम्बर अनिवार्य रुपमा राख्नुपर्ने भएको हो ।
एटिएमबाट पैसा निकाल्दा समस्या देखिने तर समाधानका लागि कसलाई भन्ने ? विषय थाहा नहुने र बैंकमा खबर गर्दा पनि ‘सम्बन्धित मान्छेलाई खबर गर्छौं’ भन्ने तर घण्टौँ बितिसक्दा पनि समस्या समाधान नहुने लगायतका गुनासो बढेपछि राष्ट्र बैंकले यस्तो नियम ल्याएको हो ।
योसँगै अब बैंकहरुले आफ्नो सबै एटिएम बुथमा अनिवार्य रुपमा एकजना कर्मचारीको नाम र नम्बर देखिनेगरी राख्नुपर्ने भएको छ । यदि एटिएमबाट पैसा निकाल्दा कुनै समस्या आएमा ती कर्मचारीले तत्काल समस्याको समाधान गर्नुपर्नेछ । तर, फोन नम्बर दिने तर ग्राहकका फोन नउठाउने केही बैंकहरुले यो नियमको पनि धज्जी उठाउने निश्चितप्रायः देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्