काठमाडौँ । केवाईसी अपडेट नभएको भन्दै बैंकहरुले ज्येष्ठ नागरिकहरूको वृद्धभत्ता नै रोकिदिएको पाइएको छ । वृद्धभत्ता लिन भन्दै बैंक पुगेका ज्येष्ठ नागरिकहरुको वृद्धभत्ता विभिन्न बैंकहरुले रोकिदिएको पाइएको हो ।
केही दिनयता बैंकमा वृद्धभत्ता लिन जाने ज्येष्ठ नागरिकहरू रित्तै फर्किन बाध्य छन् । उनीहरुलाई केवाईसी अपडेट नभएको भन्दै बैंकले फर्काउने गरेको उनीहरुको गुनासो छ ।
‘वृद्धभत्ता लिन भन्दै बैंकमा पुगेको, बैंकले पैसा दिन मिल्दैन भन्यो ।’, अर्थ सरोकारको सम्पर्कमा आएका एक वृद्धले भने, ‘सुरुमा पैसा दिन मिल्दैन मात्रै भनियो, पछि केवाईसी अपडेट नभएकोले पैसा दिन नमिल्ने भनियो । बल्लतल्ल बैंक पुगेको थिएँ, रित्तै हात फर्किन पर्यो ।’
केवाईसी अपडेट नभएको भन्दै सरकारले वितरण गर्न दिएको रकम बैंकहरुले वितरण नगर्दा अहिले विभिन्न बैंकमा वृद्धभत्ताबापतको करोडौँ रुपैयाँ फ्रिज भएको छ ।
वृद्धभत्ता मात्रै नभएर बैंकहरुले सरकारले प्रदान गर्ने अन्य सामाजिक सुरक्षा भत्ता पनि केवाईसी अपडेट नभएको भन्दै रोकिदिएको छ । बैंकले भत्ता रोकिदिएपछि मर्कामा परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्