×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विशाल बजार कम्पनीको साधारण सभा रोक्न अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विशाल बजार कम्पनीको साधारण सभा रोक्न अदालतको आदेश

Artha Sarokar

२७ फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विशाल बजार कम्पनीको साधारण सभा रोक्न अदालतले आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनले कम्पनी साधारण सभा रोक्न आदेश दिएको हो । 

अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको संयुक्त इजलासले फागुन २८ गतेका लागि तोकिएको कम्पनीको साधारण सभा रोक्न आदेश दिएको छ ।

विशाल बजार कम्पनीको सेयरधनी सुनिल कुमार शाक्यसहित ११ जना सेयरधनीले साधारण सभा लगानीकर्ताको हित र कानून विपरीत भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले साधारण सभा प्रयोजनका लागि कम्पनीले निकालेको सूचना कार्यान्वयन नगर्न कम्पनीका नाममा आदेश जारी गरेको छ ।

त्यस्तै, अदालतले निवेदकले माग गरेका अनुसार हुनु नपर्ने भए १५ दिनभित्र कारण खुलाउन पनि कम्पनीका नाममा आदेश जारी गरेको छ । सेयर बजारमा सबैभन्दा धेरै बजार पूँजीकरण भएको विशाल बजार कम्पनीले विगत १० आर्थिक वर्षदेखि साधारण सभा गर्न सकेको छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी