×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री कार्यलयमा गभर्नर अधिकारीको गोप्य वार्ता ! उद्देश्य के ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रधानमन्त्री कार्यलयमा गभर्नर अधिकारीको गोप्य वार्ता ! उद्देश्य के ?

Artha Sarokar

७ चैत्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मध्यरातमा प्रधानमन्त्रीसँग भेट गरेको खुलेको छ । बुधबार राती गभर्नर अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य भेट गरेको खुलेको हो ।

प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा भएको उक्त गोप्य भेटमा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएको बताइएको छ । 

बुधबार राती ८ बजे बालुवाटार पुगेका गभर्नर अधिकारी करिब ४ घण्टा लामो भेटपछि १२ बजे प्रधानमन्त्री निवासबाट बाहिरिएका थिए । नयाँ गभर्नरका आकांक्षीहरुको दौडधुप चलिरहेका बेला गभर्नर, प्रधानमन्त्री र अर्थमन्त्रीबीच भएको उक्त गोप्य भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा गभर्नर अधिकारीले राष्ट्र बैंकको १८औँ गभर्नरमा आफैँ दोहोरिन चाहेको विषय ब्रिफिङ गरेको हुनसक्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

अर्कोतर्फ नयाँ गभर्नरको खोजी गरिरहेको सरकारलाई सहजीकरण गर्ने विषयमा छलफल भएको हुनसक्ने पनि आँकलन गरिएको छ । प्रहरी नेतृत्व काँग्रेसले लिएपछि गभर्नर एमालेको भागमा परेपछि आफैँ दोहोरिने लबिङमा अधिकारी लागेको विषयलाई पनि नकार्न नसकिने जानकारहरु बताउँछन् । यद्यपि गभर्नर अधिकारीको कार्यकालबाट खासै सन्तुष्ट नभएका प्रधानमन्त्री ओली भने एमालेबाट अन्य कसैलाई गभर्नर बनाउने कि ! भन्ने मनसायमा रहेको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी