काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर खरिद बिक्री १४ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार ३ सय ३१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आइतबारको बजारमा हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्