काठमाडौँ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई पाकिस्तानी हविव बैंकको सेयर बिक्रीका लागि अनुमति नदिएको बताएको छ । विभिन्न सञ्चार माध्यममा सेयर बिक्रीका लागि राष्ट्र बैंकले स्वीकृति दिएको सामाचार सार्वजनिक भए पनि सो समाचारमा कुनै सत्यता नभएको राष्ट्र बैंकले स्पष्ट पारेको हो ।
यसो त हिमालयन बैंकमा हविव बैंकको २० प्रतिशत सेयर थियो । सिभिल बैंकसँगको मर्जरपछि संस्थागत संरचना परिवर्तन हुँदा हविव बैंकके सेयर २० प्रतिशतबाट घटेर ११ प्रतिशतमा झरेको छ ।
सोही सेयर हिमालयन बैंकले हिमालयन रि-इन्स्योरेन्सलाई साढे तीन अर्ब रुपैयाँमा बेच्न लागेको थियो । तर, राष्ट्र बैंकले सेयर बिक्रीका लागि हिमालयन बैंकलाई स्वीकृति नदिएपछि उक्त कारोबार प्रक्रिया रोकिएको छ ।
यता तत्काललाई राष्ट्र बैंकले सेयर बिक्रीका लागि स्वीकृति नदिए पनि सम्भवतः नयाँ गभर्नरको नियुक्तिपछि सेयर बिक्रीको स्वीकृति पाइने हिमालयन बैंकका एक सञ्चालकले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्