काठमाडौँ । अमेरिकी भिसाका लागि नक्कली कागजात पेश गरे अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध लाग्ने भएको छ । एक सूचना जारी गर्दै नेपालस्थिति अमेरिकी दूतावासले यस्तो जानकारी दिएको हो ।
दूतावासले अमेरिकी भिसा प्राप्त गर्न कसैले गलत विवरण वा नक्कली कागजात पेश गरे त्यस्तो व्यक्तिलाई अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध लगाइने जनाएको छ ।
त्यस्तै, दूतावासले अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध लगाइनुका साथै आपराधिक मुद्दा चलाउने समेत जानकारी गराएको छ । पछिल्लो समय गलत विवरण र नक्कली कागजात पेश गरेर अमेरिकी भिसा लिनेहरु प्रवृत्ति बढेपछि सचेत गराउन सूचना जारी गरिएको दूतावासले जनाएको छ ।
‘के तपाईंलाई थाहा छ ? कन्सुलर अधिकृतहरू ठगी र नक्कली कागजात सम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिका बारे जानकारी राख्छन् । यदि तपाईंले गलत विवरण दिनुभयो वा नक्कली कागजात पेश गर्नुभयो भने तपाईं स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धित तथा आपराधिक मुद्दाको जोखिममा पर्नुहुन्छ ।’, दूतावासको सूचनामा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्