काठमाडौँ । कुमारी बैंकले दुई पाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका १ सय ५९ वटा दुई पाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको हो ।
बैंकले आफ्ना विभिन्न शाखा कार्यालयमा रहेका दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) बिक्री गर्न लागेको जनाएको छ ।
बैंकका अनुसार शाखा कार्यालयमा रहेका दुई पाङ्ग्रे सवारी साधन जे/जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिनेछ । सवारी सधानहरु निरीक्षण गर्न चाहनेले बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकले बेच्न लागेका सवारी साधन किन्न चाहनेले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले सकार गरी लिन चाहेको सवारी साधन के कति रकममा सकार गरी लिन चाहेको हो, सोको विवरण र आफूले सवारी साधन लिन कबुल गरेको कम्तीमा १० प्रतिशत रकम अग्रिम बुझाउनुपर्ने बैंकले जनाएको छ ।