काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले मारवाडीका गुलामहरुले कुलमान घिसिङको बली चढाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।
‘उद्योगीबाट विद्युत महशुल उठाउन लाग्दा मारवाडीका गुलामहरुले कुलमान जीको बली चढाए ।’, प्रसाईंले लेखेका छन् ।
त्यस्तै, प्रसाईंले अब यो व्यवस्था देश र जनताको पक्षमा नभएको भन्दै व्यवस्था नै फाल्नुपर्ने अभिव्यक्ति दिएका छन् । त्यसका लागि उनले एकजुट हुन सबैलाई आग्रह गरेका छन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने र कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयका विरुद्ध ठाउँठाउँमा प्रदर्शन भइरहेको छन् । काठमाडौँमा मंगलबार बिहान सरकारको निर्णयको विरोध गर्दै उर्जामन्त्री दीपक खड्काको पुत्लासमेत दहन गरिएको छ ।