काठमाडौँ । चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । चैतका लागि बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार १६ मध्ये १३ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
तर, नयाँ ब्याजदर सार्वजनिक गरेका १६ मध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले चैतमा ब्याजदर बढाएको छ ।
ब्याजदर घटाउनेमा नेपाल बैंक र हिमालयन बैंक रहेका छन् । नेपाल बैंकले चैतमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.१ प्रतिशतबिन्दुले घटाएको छ भने हिमालयन बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.७५ प्रतिशतबिनदुले घटाएको छ ।
त्यस्तै, चैतमा कुमारी बैंकले भने ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतबिन्दुले बढाएको हो । अन्य बैंकहरुले भने चैतका लागि नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छैनन् । यद्यपि बाँकी बैंकहरुले पनि चैतकै ब्याजदरलाई निरन्तरता दिने सम्भावना बढी रहेको बैंकहरहरुको भनाई छ ।