×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलको मूल्य ५ रुपैयाँले घटेसँगै काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पेट्रोलको मूल्य ५ रुपैयाँले घटेसँगै काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द

Artha Sarokar

३ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  पेट्रोलको मूल्य घटेसँगै काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द गरिएको पाइएको छ । पेट्रोलको मूल्य घट्दा घाटा भएको भन्दै अधिकांश पेट्रोल पम्प बन्द गरिएको पाइएको हो ।

मूल्य घट्ने पूर्व जानकारी नदिई पेट्रोलको मूल्य घटाएको भन्दै रिसाएका व्यवसायीहरुले काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द गरेका हुन् । यसअघि पेट्रोलको मूल्य बढ्दा भने व्यवसायीहरुले अघिल्लो दिन नै पेट्रोल पम्प भर्ने गरेका थिए । अहिले भने पेट्रोल पम्पहरुमा  पेट्रोल नभएको बहाना बनाएर ‘पेट्रोल छैन’, ‘ बन्द’ लगायतका पर्चा समेत टासिएको छ ।

नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य ५ रुपैयाँले घटेको छ भने डिजेल र मट्टीतेलको मूल्य पनि ४ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल-मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी