×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरको प्रतिस्पर्धाका लागि नबिल बैंकका सिइओ ढुंगानाले दिए राजिनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गभर्नरको प्रतिस्पर्धाका लागि नबिल बैंकका सिइओ ढुंगानाले दिए राजिनामा

Artha Sarokar

१२ चैत्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजिनामा दिएका छन् । ढुंगानाले गत आइतबारदेखि लागू हुनेगरी राजिनामा दिएका हुन् ।

तर, बैंकको सञ्चालक समितिले उनको राजिनामा भने स्वीकृत गरिसकेको छैन । 

राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेको चर्चा चलिरहेका बेला ढुंगानाले बैंकबाट राजिनामा दिनुले उक्त चर्चालाई थप बल दिएको छ । यता ढुंगाना स्वयम्‌ले पनि राष्ट्र बैंकको गभर्नरको प्रतिस्पर्धाका लागि बैंकबाट राजिनामा दिएको स्वीकारेका छन् । 

यसो त राष्ट्र बैंकको गभर्नर बन्न अनिवार्य रुपमा राजिनामा दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार ढुंगानाले बैंकबाट राजिनामा दिएका हुन् । नेपाल बंगलादेश बैंकसँग मर्जरमा गएयता ढुंगाना बैंकको सिइओ रहँदै आएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी