काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा पुगेको छ ।
नेप्सेमा कुल ३ सय ३१ कम्पनीको ९९ लाख ३५ हजार ८ सय ७२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, राप्ती हाइड्रोका लगानीकर्ताले भने सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।