काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १२ कम्पनीको ९५ लाख ९९ हजार ३ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड २१ लाख २८ हजार २ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्