Skip to content
LAXMI SUNRISE BANK

सोमबार २०.६८ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ३७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK