Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ३०.३६ अंकले घट्यो नेप्से परिसूचक, बजार २८४६.३० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिद बिक्री हुँदा रू. १२ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK