काठमाडौँ । साताको कारोबारको तेश्रो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३ कम्पनीको एक करोड ५५ लाख ५९ हजार ६ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३९ करोडमाथिको कारोबार भएको छ । मंगलबारको बजारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५८ करोड ६५ लाख १७ हजार ४४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, नेस्डो समृद्ध लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।
नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्