काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार माछापुच्छ्रे बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ८१ करोड ३६ लाख ५२ हजार १०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, बुधबारको बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्