काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ४२ करोड ६ लाख ३४ हजार ९ सय ८१ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको हो ।
त्यस्तै, आजको बजारमा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, मिथिला लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्