×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका कम्युनिकेसन प्रमुख भट्टराई जिम्मेवारीबाट हटाइए, मिडियाबाट अनुचित लाभ लिएको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका कम्युनिकेसन प्रमुख भट्टराई जिम्मेवारीबाट हटाइए, मिडियाबाट अनुचित लाभ लिएको आरोप

Artha Sarokar

२५ फाल्गुन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकका ब्राण्ड एण्ड कम्युनिकेसन प्रमुख सरोज भट्टराई कारवाहीमा परेका छन् । 

मिडियाबाट अनुचित लाभ लिएको भन्दै बैंकले उनलाई कारवाही गरेको हो । कारवाहीस्वरुप बैकले भट्टराईलाई जिम्मेवारीबाट हटाएको छ । भट्टराईलाई जिम्मेवारीबाट हटाइएको बैंककै एक अधिकारीले पुष्टि गरेका छन् । 

‘उहाँविरुद्ध मिडिया हाउसहरुबाट अनुचित लाभ लिएकोदेखि अन्य गुनासाहरु आइरहेका थिए । त्यसलाई बैंकले गम्भीर रुपमा हेरिरहेको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका ती अधिकारीले भने, ‘पछि गुनासो झन्झन् बढ्न थालेपछी उहाँलाई जिम्मेवारीबाट हटाइएको छ ।’ 

ती अधिकारीका अनुसार बैंकले उनलाई साबिकको जिम्मेवारी (ब्राण्ड एण्ड कम्युनिकेसन प्रमुख) बाट हटाएर अर्को विभागमा सरुवा गरिदिएको छ । उक्त विषयमा बुझ्न हामीले स्वयम् भट्टराईलाई नै सम्पर्क गरेका थियौँ । तर, उनी हाम्रो सम्पर्कमा आएनन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी