×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अनलाइनको चिठ्ठा ठगी गर्न बुनिएका जाल हुन्’- राष्ट्र बैंक 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘अनलाइनको चिठ्ठा ठगी गर्न बुनिएका जाल हुन्’- राष्ट्र बैंक 

Artha Sarokar

१० चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन आग्रह गरेको छ । 

वित्तीय सचेतनाका लागि एक सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले इन्टरनेट वा सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन आग्रह गरेको हो । 

खासगरी इन्टरनेट वा सामाजिक सञ्जालमा ठूलो धनराशीको चिठ्ठा वा पुरस्कार परेको छ भन्दै हुने ठगीबाट सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले इन्टरनेट वा सामाजिक सञ्जालमामार्फत देखाइने यस्ता प्रलोभनलाई ठगी गर्न बुनिएका जाल भनेको छ । 

सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत चिठ्ठा वा पुरस्कार परेको छ वा संयुक्त लगानीको प्रस्ताव गरिएको छ भने त्यस्ता कार्यबाट फाइदा हुने लोभमा नपर्न राष्ट्र बैंकले अपिल गरेको छ । ‘ती मेसेजहरु ठगी गर्न बुनिएका जाल हुन सक्छन् ।’, राष्ट्र बैंकले भनेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी