×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानून बनाउने तयारी, फेल भए खेती गर्न प्रोत्साहन गरिने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानून बनाउने तयारी, फेल भए खेती गर्न प्रोत्साहन गरिने ! 

Artha Sarokar

४ चैत्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानून बनाउने तयारी गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो कानून बनाउने विषयमा छलफल सुरु भएको हो ।

लोकसेवा आयोगको परीक्षामा ५-६ पटकसम्म फेल हुने व्यक्ति अयोग्य हुने भन्दै परीक्षामा सहभागी गराइरहन आवश्यक नरहेको स्वयम् लोकसेवा आयोगकै अधिकारीहरुले बताएका छन् । 

सोही विषयलाई ध्यानमा राख्दै ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउनेगरी कानून बनाउने तयारी गरिएको समितिका एक सदस्यले बताएका छन् ।  

सोही अनुसारको कानून निर्माण गर्ने तयारी गर्न कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई समितिले जिम्मेवारी दिएको छ । ६ पटकसम्म पनि परीक्षामा फेल भए ती युवालाई गाउँमा खेती गर्न राज्यले प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका थिए । यद्यपि, समितिका केही सदस्यले भने परीक्षा दिन पाउने समयसीमा तोक्न नहुने मत राखेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी