Skip to content
LAXMI SUNRISE BANK

जनकपुरमा एसइई परीक्षा सुरु भएको १ घण्टामै प्रश्नपत्र आउट !

अर्थ सरोकार

काठमाडौँ । जनकपुरमा माध्यामिक शिक्षा परीक्षा (एसइई) सुरु भएको एक घण्टामै प्रश्नपत्र आउट भएको पाइएको छ । परीक्षा सुरु भएको एक घण्टा नबित्दै प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिसकेको पाइएको हो ।

प्रश्नपत्र जनकपुरबाट बाहिरिएको पुष्टि भएको छ । तर, जनकपुरको कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरियो ? भन्ने विषय अझै खुलेको छैन ।

आज (बिहीबार) बिहान ८ बजे एसइई परीक्षा अन्तर्गत अँग्रेजी विषयको परीक्षा सुरु भएको थियो । तर, परीक्षाको प्रश्नपत्र ९ बजे अघि नै सामाजिक सञ्जालमा पोष्ट भएको भेटिएको छ । उक्त प्रश्नपत्र विभिन्न फेसबुक ग्रुपहरुमा भाइरल भइरहेको छ ।

उक्त प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट बाहिरियो ? र कसरी बाहिरियो ? भन्ने विषयको अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK