काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।
गभर्नर नियुक्तिका गठन गरिएको सिफारिस समितिको संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
यद्यपि समितिमा अन्य सदस्य को को हुने ? भन्ने निर्णय भइसकेको छैन । तर, आवश्यक छलफल र परामर्शपछि समितिमा सदस्य तय गरिने मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् ।
गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । ती मध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नेछ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल भने यही चैत २५ गते सकिँदैछ ।
यता सरकारले नयाँ गभर्नर नियुक्तिका लागि प्रक्रिया अघि बढाएसँगै गभर्नर बन्न चाहनेको दौडधुप बढेको छ । अझ यतिसम्म कि नयाँ गभर्नर बन्नका लागि १०० करोडको बार्गेनिङ भइरहेको चर्चा पनि चलेको छ । त्यसैका लागि नयाँ गभर्नरको आकांक्षीहरुले व्यापारी, बैंकका साहू, निर्माण व्यवसायी, अटो मोबाइल व्यवसायी र राजनीतिक दलका नेताहरु भेटेर लबिङ्ग सुरु गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्