काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड ११ लाख ५५ हजार ९ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड २० लाख ७ हजार १ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, ९.५% एनसीसी डेबेञ्चर २०८६का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्