काठमाडौँ । इसेवामा अर्को गम्भीर समस्या देखिएको छ । सोमबार दिउँसो करिब दुई घण्टा डाउन भएको इसेवामा लगइन विवरणको नोटिफिकेसन नै नआउने, आए पनि भोलिपल्ट मात्रै आउने समस्या देखिएको हो ।
लगइन विवरणको नोटिफिकेसन त्यसबेला आउँछ, जुनबेला कसैले आईडी लगइन गर्ने प्रयास गर्छ । अर्थात, यदि तपाईंले आफ्नो इसेवा आईडी लगइन गर्नुभयो भने इसेवाले तुरुन्तै तपाईंको मोबाइलमा इसेवा लगइन भएको विवरण पठाउँछ । जुन नोटिफिकेसनमार्फत आईडी लगइन गर्ने स्वयम् तपाईं हो वा होइन निर्क्यौल हुन्छ ।
लगइन विवरणको नोटिफिकेसन पठाउनुको मुख्य उद्देश्य नै तपाईंको आईडी सुरक्षित राख्नु हो । तर, इसेवाले भने यस्तो नोटिफिकेसन एक दिन ढिला पठाउने गरेको छ । अर्थात, तपाईंले इसेवा आईडी आज लगइन गर्नुभयो भने त्यसको नोटिफिकेसन इसेवाले भोलिपल्ट पठाउने गरेको छ । यसरी अत्यन्तै महत्वपूर्ण नोटिफिकेसन एकदिन ढिलो आउने समस्या इसेवामा देखिँदा यसले इसेवा ह्याक हुने जोखिम झनै बढेको जानकारहरु बताउँछन् ।
‘लगइन विवरणको नोटिफिकेसन लगइन हुनेबित्तिकै आउनुपर्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक प्रविधि विज्ञले भने, ‘तर, लगइन विवरणको नोटिफिकेसन नै ढिलो आउँदा अघिल्लो दिन नै कसैले आईडी ह्याक गरेर लगइन गरेको रहेछ भने त भोलिपल्टसम्म खाता नै रित्तिसक्छ । अनि त्यसपछि आएको लगइन नोटिफिकेसनको के अर्थ ?’
यता इसेवाका कर्मचारीहरुले भने यसलाई सामान्य प्राविधिक समस्या भनेका छन् । तर, यो सामान्य नभएर इसेवामा देखिएको निकै जटिल समस्या भएको जानकारहरु बताउँछन् । यो समस्याले आईडी ह्याक हुने जोखिम बढ्नुका साथै लगइन विवरण नै एक दिन ढिलो आउँदा त्यसबेलासम्म खाता रित्तिसक्ने जानकारहरुको तर्क छ । इसेवामा देखिएको यो समस्याले इसेवा झन् असुरक्षित बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्