काठमाडौँ । थकाली समुदायले नयाँ वर्षको रुपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन् । आफ्नो थाकथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइसराइ गरेर काठमाडौं आएका थकाली समुदायका घरको कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन् ।
त्यसैगरी छोरी ज्वाइँ भान्जी तथा आफन्तहरूलाई बोलाएर मीठा-मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन छ ।
थकाली समुदायले यस दिन घरमै बनाएको छ्याङ-(लोकल रक्सी) समेत खाने प्रचलन रहेको रहेको छ । थकाली समुदायले फागु पूर्णिमा रङ्गहरू नलगाउने भए पनि आजभोलि लगाउने गरिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । तर, मुस्ताङबाट थकाली समुदायहरू बसाइसराई गरेर देशका विभिन्न सहर तथा विदेशमा गएका छन् । बाँकि तस्विरमा हेर्नुहोस्: