Skip to content
LAXMI SUNRISE BANK

अमेरिकाद्वारा क्यानडियन स्टिल र आल्मुनियममा लगाइएको थप २५ प्रतिशत कर फिर्ता

अर्थ सरोकार

काठमाडौँ । क्यानाडाको ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा कर घटाएपछि संयुक्त राज्य अमेरिकाले क्यानाडाको स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने आफ्नो योजना उल्टाएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडा विरुद्ध ५० प्रतिशत करको बदलामा आफ्नो कार्यकारी शक्ति प्रयोग गर्ने धम्की दिएपछि ओन्टारियो प्रिमियर डग फोर्डले (वाणिज्य) सचिव (हावर्ड) लुटनिकसँग कुरा गर्दै संयुक्त राज्य अमेरिकामा बिजुली निर्यातमा २५ प्रतिशत शुल्क लागू गर्नबाट पछि हटेको बताएका छन् ।

यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा क्यानाडाको ओन्टारियो प्रान्तबाट बिजुली निर्यातमा करको प्रतिक्रियामा क्यानाडाबाट स्टिल र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने बताएका थिए । जसले कुल कर ५० प्रतिशतमा पुर्याएको थियो । त्यसको केही समयपछि ओन्टारियोले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा २५ प्रतिशत अधिभार निलम्बन गर्न सहमति जनाएको थियो । 

ओन्टारियोका प्रिमियर डग फोर्ड र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको संयुक्त विज्ञप्ति अनुसार फोर्डले बिहीवार लुटनिकसँग भेट्न र अप्रिल २ को पारस्परिक ट्यारिफ समयसीमा अगाडि नवीकरण गरिएकोबारे छलफल गर्न वाशिंगटनको यात्रा गर्ने बताइएको छ । 

यसअघि ट्रम्पले क्यानडा र मेक्सिकोमा व्यापक २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए, जुन मार्च ४ मा लागू भएको थियो । यद्यपि दुई दिनपछि ट्रम्पले आफ्नो अडान उल्ट्याएर ट्यारिफ उपायहरू समायोजन गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK