काठमाडौँ । अमेरिकी सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात गरिने विदेशी कारहरुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा गिरावट आएको हो ।
विदेशी आयातित कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अप्रिल १ देखि लागू हुनेछ ।
ट्रम्पको यस्तो घोषणापछि बुधबार मात्रै जनरल मोटर्सका शेयरमा ३ प्रतिशत र जिप र क्रिसलर उत्पादक कम्पनी स्टेलान्टिसका शेयरहरूमा झन्डै ३.६ प्रतिशतले गिरावट देखिएको थियो । यसले समग्र अमेरिकी सेयर बजारमा गिरावट देखिएको छ ।
यद्यपि उक्त निर्णयले अमेरिकाको उत्पादन क्षेत्रलाई मजबुत बनाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई छ । अर्कोतर्फ अमेरिकाको राजस्वमा वार्षिक १०० अर्ब डलरको वृद्धि हुने पनि ट्रम्पले बताएका छन् ।