Skip to content
LAXMI SUNRISE BANK

आगामी आर्थिक वर्षमा रेलका लागि ४ अर्ब बजेट छुट्याइँदै

अर्थ सरोकार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा रेलका लागि ४ अर्ब बजेट छुट्याउने तयारी गरेको छ । आसन्न बजेटको तयारी गरिरहेको सरकारले रेल्वे विकास आयोजनाका लागि ४ अर्ब बजेट छुट्याउने तयारी गरेको हो । 

आगामी आर्थिक वर्षमा रेल्वे विकास आयोजनाका लागि सरकारले छुट्याउन लागेको बजेट चालु आर्थिक वर्ष हाराहारीकै हो ।

पूर्वपश्चिम रेलमार्ग विकासका लागि रेल विभागले प्रस्ताव गरे अनुसार ४ अर्ब बजेट छुट्याउन लागिएको भौतिक मन्त्रालयका एक अधिकारीले बताएका छन् । 

हाल पूर्वपश्चिम रेलमार्ग अन्तर्गत अहिले जयनगरबाट बर्दिबाससम्म निर्माणको काम भइरहेको छ । आउँदै बजेटमा छुट्याइने रकम सोही क्षेत्रमा रेलमार्ग विकासका लागि खर्च गरिने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK