×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलनमा पुगे उपचारका लागि छुटेका धवल शमशेर राणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आन्दोलनमा पुगे उपचारका लागि छुटेका धवल शमशेर राणा

Artha Sarokar

१५ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा राजावादीको  प्रदर्शनमा पुगेका छन् । उनी बैशाख १५ गते (आज) राप्रपा नेपालद्वारा भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनमा पुगेका हुन् । 

तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो । 

क्यान्सरका बिरामीसमेत रहेका राणा स्वास्थ्य उपचारका लागि भन्दै बैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए । हाजिरी जमानीमा छुटेपछि उनी बैशाख १० गते उपचारका लागि भारत गएका थिए । तर, भारतबाट फर्किएका राणा राप्रपाको प्रदर्शनमा सहभागी हुन पुगेका छन् । 

राणासँगै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि पक्राउ गरेको थियो । उनी प्रहरी हिरासतमै छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी