काठमाडौँ । शिक्षक/शिक्षिकालाई खाजा/खाना खुवाएर धुण्डीराज पोखरेलले एक महिनामै ९ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
काठमाडौँको बिजुली बजारमा होटल व्यवसाय गर्दै आएका अर्घाखाँचीका पोखरेलले शिक्षक आन्दोलन सुरु भएदेखि आन्दोलनमा आएका शिक्षक/शिक्षिकालाई खाजा/खाना खुवाएक एक महिनामै ९ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
पोखरेलले विगत २२ वर्षदेखि काठमाडौँका विभिन्न ठाउँमा होटल व्यवसाय गर्दै आएका थिए । तर, उनले ६ महिनाअघि मात्रै बिजुली बजारमा होटल व्यवसाय सुरु गरेका थिए ।
अन्य समयमा सामान्य आम्दानी हुने गरे पनि शिक्षक आन्दोलनका कारण राम्रै आम्दानी भइरहेको पोखरेलले बताएका छन् । हाल पोखरेलले आफ्नो होटलमा सात जनालाई रोजगारीसमेत दिएका छन् ।