×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको नाफासँगै इपीएस पनि बढ्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकको नाफासँगै इपीएस पनि बढ्यो (विवरणसहित)

Artha Sarokar

७ बैशाख २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल आइएमई बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नफा ३७.१२ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंककाले कुल ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएका थियो । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशतले बढेको छ । चैत मसान्तसम्म बैंकको सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेको  छ भने सञ्चालन मुनाफा भने ३४.४१ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा झरेको छ । बैंकको खुद ब्याज अम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घटेकै कारण चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेको हो । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी