काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्म कुल २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ७२.८५ प्रतिशत कम हो ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ३ अर्ब ५४ करोडबाट ५ अर्ब १६ करोड पुगेको छ । यही कारण बैंकको खुद नाफामा दबाब परेको हो ।
त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।
चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारी बैंकको जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ जम्मा रहेको छ ।