×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, १९ प्रतिशत लाभांश दिने क्षमता (थप विवरणसहित) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, १९ प्रतिशत लाभांश दिने क्षमता (थप विवरणसहित) 

Artha Sarokar

७ बैशाख २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार चैत मसान्तसम्म बैंकले कुल ४९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ४८.८३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ५८ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले १८.९८ प्रतिशत लाभांश क्षमता बनाएको छ । 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३२.४४ प्रतिशतले बढेर ७१ करोड ६१ रुपैयाँ पुगेको छ भने बैंकले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४.१४ प्रतिशत धेरै हो । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस १३ रुपैयाँ ४७ पैसाबाट बढेर १८ रुपैयाँ ७३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा रहेको छ । समीक्षा अवधिसम्म बैंकले ६१ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

बैंकको कर्जा–निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ । सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७० अर्ब २७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ६७ अर्ब १९ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यापार विस्तार बढेको देखिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी