Skip to content
LAXMI SUNRISE BANK

१ वर्षमा सेयर धितो कर्जा झण्डै ३३ अर्बले बढ्यो, सेयर बजार के होला ? 

अर्थ सरोकार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा ३८.२७ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले हालसम्म १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ बराबर सेयर धितो कर्जा प्रवाह गरेका छन् । 

गत आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ८५ अर्ब ७० करोड रुपैयाँ बराबर सेयर धितो कर्जा प्रवाह गरेका थिए । सोही तथ्यांकलाई आधार मानेर हेर्दा त्यसयता बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा ३२ अर्ब ८० करोड रुपैयाँले बढेको छ ।

बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सेयर धितो कर्जामध्ये वाणिज्य बैंकहरुबाट ९६ अर्ब ३९ करोड रुपैयाँ, विकास बैंकबाट १७ अर्ब ८७ करोड रुपैयाँ र फाइनान्स कम्पनीबाट ४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । 

यता सेयर बजारका लगानीकर्ताहरुले पनि सेयर धितो कर्जा लिनेहरु बढेको मात्रै नभएर बजारमा नयाँ लगानी पनि भित्रिरहेको बताउँछन् । बैंकको ब्याजदर कम हुनु, सेयर धितो कर्जा बढिरहनु, सेयर बजारप्रति लगानीकर्ताको माहोल सकारात्मक हुनु, नीतिगत निर्णय सेयर बजारमैत्री आउने सम्भावना बढ्नु लगायतका कारणले बजारको भविष्य सुन्दर रहेको इंकित गर्ने लगानीकर्ताहरुले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK